काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारले आफ्ना मान्छेलाई जोगाउन सुन तस्करी छानबिनमा संलग्न प्रहरी अधिकारीहरूकाे सरुवा गरेको आरोप लगाएको छ । एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षकै नेताहरू सो प्रकरणमा मुछिएपछि सरकारले उनीहरूलाई उन्मुक्ति दिने गरी अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूकाे सरुवा गरेकाे आराेप लगाए । आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ उनले सिआइबीलगायतका…