पूर्वअर्थमन्त्री विष्णु पौडेल भन्छन्, ‘मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमा छ’

लुम्बिनी । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमा पुगेको,  तर आवश्यकताअनुसार सरकार भने गम्भीर बन्न नसकेको बताएका छन् । बजार मन्दीको अवस्थामा पुगेको भन्दै अर्थतन्त्र गम्भीर सङ्कटमा फसेकाले सामान्य ढङ्गबाट यो समस्याको समाधान हुन सक्ने अवस्था नरहेको उनले बताए । अर्थतन्त्रको हिसाबमा हेर्दा मुलुकको अहिलेको परिस्थिति विशेष रहेकाले त्यसै बमोजिमको…