रास्वपा उपसभापतिमा सोबिता र महामन्त्रीमा विपिन निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत भएको पदाधिकारी निर्वाचनबाट सोबिता गौतम उपसभापति र विपिनकुमार आचार्य महामन्त्री निर्वाचित भएका छन्। चितवनको भरतपुरमा शुक्रबार सम्पन्न निर्वाचनमा सोबिताले डा. तोसिमा कार्कीलाई पराजित गर्दै उपसभापति पदमा जित हासिल गरेकी हुन्। सोबिता प्रतिनिधिसभा सदस्य तथा कानुनमन्त्री हुन्। उनी यसअघि पनि प्रतिनिधिसभा सदस्य रहिसकेकी छन् भने पार्टीको सचिवालय…