काठमाडौं । नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय स्वाधीनता, निरंकुशता तथा वैदेशिक दबाब र हस्तक्षेपविरुद्ध वामपन्थी र देशभक्त शक्तिहरू ढिला नगरी एकजुट हुनुपर्ने बताएका छन्। जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले अहिलेको परिस्थितिमा वामपन्थी र देशभक्त शक्तिहरूबीच तत्काल सहकार्य आवश्यक रहेको बताएका हुन्। उनले भने, ‘राष्ट्रिय स्वाधीनता, निरंकुशताका…