कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ । केहीबेरअघिबाट केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो । बैठकमा राष्ट्रियसभा निर्वाचन, पार्टीभित्रको आन्तरिक विषयवस्तुलगायत वर्तमान राजनीतिक अवस्थाबारे छलफल हुने जनाइएको छ । कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्न एमाले र नेकपासँग छलफल गरिरहेको छ । त्यसबारे आजको बैठकले निर्णय लिनसक्ने जनाइएको छ ।…