धम्की र पैसाकाे बार्गेनिङ आए पनि न्याय पाएँ : भारती

काठमाडौँ । संविधान दिवसको अवसरमा आममाफी पाएका योगराज ढकालको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएसँगै मृतक चेतन मानन्धरकी पत्नी भारती मानन्धरले सर्वोच्च अदालतको फैसलाले आफूलाई थप शासह दिएको बताएकी छन् । शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएकी हुन् । उनले आफूलाई धेरै बाधा, डर त्रास, धम्की र पैसाका बार्गेनिङहरू आएपनि अन्ततः न्याय पाएको बताइन्…