गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयमा सुन फेला परेको छ । विमानस्थलको अध्यागमनको शौचालयमा १ सय २५ ग्रामका २ वटा सुनका सिक्री फेला परेका हुन् । महिला शौचालयमा छाडेर गएको अवस्थामा उक्त सुन फेला परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अधिकृत पवित्रा ज्ञवालीले जानकारी दिइन् । यस विषयमा थप अनुसन्धान भइरहेको बताउँदै ज्ञवालीले राष्ट्र बैंकमा लगेर जफत…