खाँदबारी–किमाथांका सडकको ‘ब्रेक थ्रु’

लामो समयदेखि प्रतिक्षित राष्ट्रिय गौरवको आयोजना खाँदबारी-किमाथांका सडक जोडिएको छ । पूर्वी पहाडी जिल्ला संखुवासभाको सदरमुकाम खाँदबारीदेखि किमाथांका सम्मको १६२ किलोमिटर सडक सोमबार ‘ब्रेक थ्रु’ भएको हो । सोमबार भोटखोला गाउँपालिकाको च्याम्ताङ्ग पुगेर संखुवासभाका प्रतिनिधिसभा सदस्य एवं उर्जामन्त्री दीपक खड्का, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईको उपस्थितीमा ‘ब्रेक थ्रु’ गरिएको हो । ‘ब्रेक…