युद्ध विरामपछि गाजा र वेस्ट बैंकमा आफन्त कुर्नेको खुसी

गाजा – हमास र इजरायलको प्रतीक्षित युद्ध विराम लागु भएको छ। केही समय अघि मात्र इजरायली जेलबाट ९० जना प्यालेस्टाइनी हस्तान्तरण गरिएको छ। आइतबारको सुरुवातमा नै गाजामा रहेको रेडक्रसमार्फत हमासले सुरुवाती तीन इजरायली बन्दी रिहा गरेको छ। यसरी रिहा हुनेमा ३१ वर्षीय डोरान स्ट्रेन बेचर, २८ वर्षीय एमाली डमारी र २४ वर्षीय रोमी गोनेन छन्।…