शिवरात्रिमा पशुपति जाँदै हुनुहुन्छ ? यी रुटमा छ सवारी निषेध

काठमाडौं । महाशिवरात्रिमा पशुपति क्षेत्रमा हुने भिडभाडलाई व्यवस्थित गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ । कार्यालयले शिवरात्रिका लागि मात्रै डीएसपीको कमाण्डमा ८९० जना ट्राफिक प्रहरी खटाउने भएको छ । विभिन्न नाका भई भित्रिने भक्तजनका सवारी साधनलाई छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाइएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिएका…