आज पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज संघीय संसद अन्तर्गतका पाँच वटा समितिको बैठक बस्दैछ। जसअन्तर्गत सार्वजनिक लेखा समितिको बैठकमा उपसमितिहरूले समितिमा छलफल गर्ने भनी औँल्याएका विषय, समितिमा प्राप्त उजुरीमाथि छलफल हुनेछ। बैठक बिहान ११ बजे बस्नेछ। यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान ११ बजे बोलाइएको छ। बैठकमा समितिको कार्ययोजना कार्यान्वयन अवस्थाको सम्बन्धमा छलफल हुनेछ।…