काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले दैनिक उपभोग्य वस्तुमा भइरहेको अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले मुलुकको सङ्कटपूर्ण अवस्थालाई नाफा कमाउने दाउ बनाएर कालोबजारीयाहरूले जनतामाथि लुट धन्दा मच्चाएको आरोप लगाएका हुन् । बजारमा खाद्यान्नको भाउ अचाक्ली बढेको दृष्टान्त दिँदै उनले…