कांग्रेस दाइभाइवाला पार्टी हो, ठेस लाग्दैमा व्यक्तिगत इगो लिनु हुँदैन : थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र हुने तिखा टिप्पणी र आलोचनालाई व्यक्तिगत रूपमा लिन नहुने बताएका छन्। बिहीबार ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले कांग्रेस परिवारजस्तै भएकाले सँगै बस्दा कहिलेकाहीँ एकअर्कालाई ठेस लाग्नु स्वाभाविक भएको बताए। ‘हाम्रो पार्टी दाइभाइवाला पार्टी हो। हाम्रो पार्टी परिवार हो। एउटै परिवार…