तिब्बतको सीमावर्ती क्षेत्र केरुङमा आइपुगे चिनियाँ प्रधानमन्त्री ली

बाढीका कारण सयौँको हताहती भएपछि चिनियाँ प्रधानमन्त्री ली छियाङ तिब्बतको सीमावर्ती क्षेत्र केरुङ आइपुगेका छन्। सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री लीलाई वरिष्ठ अधिकारीहरूको नेतृत्व सुम्पेर पठाएका हुन्।   उनीहरूले उद्धार र राहत कारबाहीको निरीक्षण गर्नुका साथै प्रभावितहरूसँग भेटघाट गर्नेछन्। राष्ट्रपति सीले बुधबार नै उद्धार तथा राहतमा लाग्न मातहतका निकायलाई निर्देशन दिएका थिए।…