काठमाडौं । एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा बिहीबार नेपालले इरानलाई २ सय ७४ रनको विशाल अन्तरले हराएको छ । मलेसियामा जारी उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा अलआउट हुनुअघि ३५३ रन बनाएको थियो । विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको इरानले भने ३०.५ ओभरमा अलआउट हुनुअघि ७९ रनमात्र बनाउन…