१ महिनापछि भेटियो सुपर हेवा हाइड्रोमा कार्यरत मजदुरको शव

संखुवासभा । संखुवासभामा बाढीमा बेपत्ता भएका सुपर हेवा हाइड्रोपावरका मजदुरको शव फेला परेको छ । बाढीमा परेर बेपत्ता भएको १ महिनापछि एउटा शव फेला परेको हो । आज बिहान चैनपुर नगरपालिका–४ मा १ पुरुषको शव फेला परेको तर शवको पहिचान भने खुल्न नसकेको संखुवासभा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।…