पूर्ववडाध्यक्ष मण्डल एक सातादेखि बेपत्ता

ढल्केबर, असार ८ गते । धनुषाको सहिदनगर नगरपालिका–३, यदुकुहाका पूर्ववडाध्यक्ष नागेन्द्रप्रसाद मण्डल एक सातादेखि बेपत्ता हुनुहुन्छ । गत आइतबार दिउँसो औषधी लिन घरबाट जनकपुरका लागि निस्कनुभएका मण्डल त्यसयता सम्पर्कविहीन रहेको परिवारका सदस्यले जनाएका छन् । पूर्ववडाध्यक्ष मण्डलकी भाउजू पार्वती मण्डलले देवर सम्पर्कविहीन बनेपछि घरपरिवारका सदस्य चिन्तामा रहेको बताउनुभयो । उहाँका अनुसार मण्डललाई दुई महिनादेखि राति निन्द्रा नलाग्ने समस्या…