कांग्रेस महाधिवेशन नगरे गगन र विश्वप्रकाशले चुनाव नलड्ने चेतावनी

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको १५औँ महाधिवेशन नभए आफूहरू उम्मेदवार नबन्ने स्पष्ट चेतावनी दिएका छन्। शुक्रबार बिहान संस्थापन इतर समूहका २५ जना केन्द्रीय सदस्यहरूसँगको छलफलमा महामन्त्रीद्वयले “निर्वाचनअघि महाधिवेशन गराउनु हाम्रो बटमलाइन हो” भन्दै महाधिवेशन नभए निर्वाचनमा प्रतिस्पर्धा नगर्ने अडान दोहोर्‍याएका हुन्। भेटमा सहभागी केन्द्रीय सदस्य आङगेलु…