देउवामाथि आक्रमण गर्नेलाई कारबाही गर्न नेविसंघको माग

काठमाडौ। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पार्टी सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणामाथि भएको कथित सुनियोजित कुटपिटको भर्त्सना गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ। नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जेन-जी आन्दोलनपछिको परिस्थितिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यस्तो माग राखेका हुन्। उनले आन्दोलनले उठाएका मुद्दाहरूलाई संस्थागत रूपमा अघि बढाउने…