गएको कोजाग्रत पूर्णिमाको दिन (शनिबार) बिहान सुतिरहेको थिएँ । सिरानीमा राखेको फोन बज्यो । यसो सिरकबाट मुन्टो निकालेर चिहाएँ । ब्लास्ट टाइम्स दैनिकका कार्यकारी सम्पादक नवराज विष्ट दाइको रहेछ । ‘यो एकाबिहानै किन फोन गर्नुभो दाइले’ भन्ने लाग्यो । नउठाउँ कि !आ ! उठाउँछु भन्दै उठाएँ । ‘भाइ हिजो त हाइकिङ जाने भन्थ्यौ । खोई…