आज घटबड भएन सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । शुक्रबार १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोहि मूल्यमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन १ लाख १५ हजार ३५० कायम भएको छ । यस्तै आज चाँदी १५ रुपैयाँले बढेको छ…