१२ वटा कम्पनी आइपिओ जारी गर्ने पाइपलाइनमा, अधिकांश रियल सेक्टरका

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा १२ वटा कम्पनी आइपिओ निष्कासन गर्न अनुमति पर्खेर बसेका छन् । जसमध्ये ३ वटा कम्पनी हाइड्रोपावर समूहअन्तर्गतका छन् भने बाँकी सबै रियल सेक्टरका कम्पनीहरू हुन् । बोर्डले गत आर्थिक वर्ष ४२ वटा कम्पनीलाई आइपिओ जारी गर्न अनुमति दिएको थियो । जसमध्ये २९ वटा हाइड्रोपावर कम्पनीले अनुमति प्राप्त गरेका थिए…