भारतले ७ रुपैयाँले बढाएर पठायो पेट्रोलको मूल्य, ग्यास भने घटेर आयो

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी )ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर ७.८७ रूपैयाँ, डिजेल ६.६१ रुपैयाँले बढेर आएको छ । यस्तै, मट्टितेलमा ७.५० रूपैयाँ र हवाई इन्धन ८ रूपैयाँले बढेको निगमले जनाएको छ । यता खाना पकाउने ग्यासको मूल्य भने १ सय रूपैयाँले घटेर आएको छ…