…अनि सललऽऽऽ बग्छ कञ्चन बाग्मती

काठमाडौँ । बाग्मती नदी र त्यसका सहायक नदीमा करिडोर निर्माण तथा नदी सफा बनाउने उद्देश्यले २० वर्षीय गुरुयोजना बनाइने भएको छ । सन् २०४३ सम्म बाग्मतीलाई सफा बनाएर त्यसको दुवैतर्फ करिडोर सडक निर्माणको योजना बनाइएको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । गुरुयोजनाका लागि खाका (ड्राफ्ट) बनेको र त्यसलाई अन्तिम रूप दिनका…