भक्तपुर । मध्यपुरथिमि नगरपालिकाका सडक अपांग मैत्री बनाउन थालिएको छ । नगरपालिकाको पहलमा अरनिको राजमार्ग जोड्ने सहायक सडक धमाधम अपांगमैत्री बनाउन थालिएको हो । सडकको दुवैतर्फ पैदलमार्ग निर्माण गर्ने र सो पैदलमार्गको बीच भागमा पहेँलो रेखांकन गरिएको छुट्टै लाइन ट्याकटायल निर्माण गरी दृष्टिविहीनलाई पनि पैदल हिँड्न सहज हुनेगरी सडकलाई अपांगता मैत्री बनाउन थालिएको नगरपालिकाका प्रवक्ता…