नवलपुर । बर्खामा लगातार झरी पर्न सुरु भएपछि नारायणी नदी किनारमा रहेको सेहरी गाउँका स्थानीयको निद्रा हराउँछ । करिब २ दशकअघि नदीमा आएको बाढीका कारण तत्कालीन नारायणी, कोल्हुवालगायत गाविसमा ठुलो क्षति पुगेको थियो । २०५८ सालमा नारायणी नदीमा आएको बाढीबाट तत्कालीन नवलपरासीको नारायणी गाविसमा पर्ने सेहरी गाउँमा डुबान तथा कटानका कारण गाउँ नै स्थानान्तरण हुनुपरेको…