काठमाडौँ–भक्तपुर सडकमा खाल्डैखाल्डा, बढ्याे दुर्घटनाकाे जाेखिम

काठमाडाैँ । अरनिको राजमार्गअन्तर्गत काठमाडौँ–भक्तपुर ६ लेनको सडक ठाउँठाउँमा भत्किएर खाल्डाखुल्डी पर्न थालेका छन् । ओभरल्याप पिच (पिचमाथि गरिएको पिच) गरेको २ वर्षमा उक्त सडक भत्किएर खाल्डाखुल्डी पर्न थालेको हो । अत्यधिक मात्रामा सडकमा खाल्डाखुल्डी पर्न थालेपछि दुर्घटनाको जोखिम बढेको स्थानीय बताउँछन् । उक्त सडकको थिमि चारदोबाटो–शङ्खधरचोक खण्ड, थिमि–कौशलटार खण्डलगायत अधिकांश स्थानमा खाल्डाखुल्डी पर्नुका साथै…