सिन्धुपाल्चोक । वषैाँदेखि पुल अभावले आवतजावतमा समस्या भोगिरहेका सिन्धुपाल्चोकको दुर्गम क्षेत्रका बासिन्दाको झोलुंगे पुल निर्माण भएपछि यात्रा अवधि छोटिएको छ । जिल्लाको दुर्गम गाउँबस्ती जोड्न पछिल्लो समय १ दर्जन झोलुंगे पुल निर्माण गरिएको छ । इन्द्रावती गाउँपालिका–१ भिरखर्क र चौतारा साँगाचोकगढी नगरपालिका–१ को स्याउले स्थित कातर्चे गाउँ जोड्न झोलुंगे पुल निर्माण भएपछि उनीहरूको यात्रा अवधि…