धमाधम अतिक्रमित संरचना हटाउँदै भरतपुर महानगर

भरतपुर । भरतपुर महानगरपालिका-१० स्थित चितवन माविको जमिन अतिक्रमण गरी बनाइएका संरचना आज बिहान भत्काइएको छ । वडाध्यक्ष परमेश्वर खनालको उपस्थितिमा ३५ टहरा भत्काइएको हो । उनका अनुसार गत दसैँयता यहाँ अस्थायी निर्माण गरी व्यापार–व्यवसाय गरिँदै आएको थियो । पटक-पटक सूचना जारी गरी हट्न आग्रह गर्दासमेत अटेर गरेपछि डोजर लगाएर संरचना भत्काइएको उनले जानकारी दिए…