सोलुखुम्बु । महाकुलुङ र सोताङ गाउँपालिका जोड्ने मोटरेबल पुल बर्सातको बाढीले बगाउँदा स्थानीय नागरिकको जिल्ला सदरमुकामलगायत सबै बजारसँगको सम्बन्धविच्छेद भएको छ । बिरामीलाई अस्पतालसम्म पुर्याउन नसक्दा बिरामी, सुत्केरी, वृद्ववृद्वालगायत असक्त नागरिकको उपचारको अभावमा स्वास्थ्य जोखिम अवस्थामा पुग्दै गएको छ । स्थानीयको बजारसँगको सम्बन्धविच्छेद हुँदा नुन, तेल, खाद्यान्नलगायतका दैनिक अत्यावश्यक सामग्रीको अभाव सिर्जना भएको छ । जिल्लाको अन्य भागबाट…