भोजपुर । वर्षातका कारण पहिराले सडक भासिँदा तिवारीभञ्याङ-मानेडाँडा-अधेँरीघाट सडक अवरुद्ध बनेको छ। मध्यपहाडी लोकमार्गको भोजपुर-लेगुवा सडकखण्डअन्तर्गत तिवारीभञ्याङबाट अधेँरीघाट छुट्ने शून्य विन्दुमा सडक भासिएका कारण यातायात सञ्चालनमा समस्या भएको हो। मध्यपहाडी लोकमार्गसहित अधेँरीघाटतर्फ छुट्ने स्थानमा करिब २०० मिटर सडक भासिएको पौवादुङमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । प्रवेशद्धारमै सडक भासिँदा गाउँपालिकाबासीको दैनिकी कष्टकर…