अस्थायी टहराको अस्पताल : १५ शय्याकै दरबन्दीबाट ७८ शय्याको सेवा

म्याग्दी। म्याग्दीको बेनी अस्पताल जनशक्ति र पूर्वाधार अभावको चपेटामा परेको छ। क्षमता विस्तारअनुसार दरबन्दी नथपिएको र दरबन्दीअनुसारका जनशक्ति नभएको बेनी अस्पताल पूर्वाधार अभावको समेत चपेटामा परेको हो। ६ वर्षदेखि अस्थायी टहरामा सञ्‍चालन भएको अस्पतालमा विभिन्‍न तहका ५९ जनाको दरबन्दी रहेकामा हाल १७ जना मात्र कार्यरत रहेका अस्पतालका प्रमुख चिकित्सक डा अञ्जु थापाले बताइन्। ‘विसं २०७२…