मेयरले आँटे के हुँदैन ? नपत्याए मटिहानी जानुस्

बर्दिबास । ६ वर्षअघिसम्म भारतको सिमानामा रहेको मटिहानी नगरपालिकाको अवस्था अस्तव्यस्त र दयनीय थियो । भारतको बिहारस्थित मधुवनी जिल्लासँग जोडिएको यस पालिकाले शताब्दियौँ लामो धार्मिक विरासत बोके पनि उचित प्रचारप्रसार हुन नसक्दा धेरैलाई मटिहानीको विषयमा थाहै थिएन । तर, जब नगरबासीले स्थानीय हरि मण्डललाई निर्वाचित गराए, तब मटिहानी देशमै धार्मिक पर्यटनका हिसाबले अग्रणी बन्यो ।…