काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आइतबार इलामको माइ नगरपालिकाको पशुपति सामुदायिक वनका अध्यक्ष कुमार बहादुर बराइलीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । प्रक्रिया नपुर्याएको, प्राविधिक विल भरपाई नराखी आफू अनुकूल कागजात तयारी गरेको, कार्यक्रम नभएको स्थानमा पुल निर्माण गरेको तथा कागजात किर्ते गरेर…