आवश्यक सेवा गाउँमै पाएपछि ‘स्थानीय सरकार नै जनताको सरकार’ !

पाल्पा । गाउँमै आफूलाई आवश्यक पर्ने सेवा पाएपछि ८० वर्षीय सन्तबहादुर बिक हर्षित छन् । बुढ्यौलीमा लौरो टेकेर हसिलो मुद्रामा आफ्ना साथीहरू, छिमेकीसँग मनका दुःख सुख पोख्दै अहिलेका परिवर्तनका कुराहरू साटासाट गर्छन् । रामपुर नगरपालिका–२ अत्रवासका बिक सामाजिक सुरक्षा भत्‍ता, परिचयपत्र नवीकरण, स्वास्थ्य परीक्षण तथा औषधोपचार सेवा पाएपछि उनलाई स्थानीय सरकार नै जनताको सरकार भएको…