काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले प्रि–डिप्लोमा तथा डिप्लोमा तहमा निःशुल्क अध्ययनको लागि आवेदन खुला गरेको छ । प्राविधिक शिक्षाको पहुँच नपुगेका ८० वटा स्थानीय तहका छात्रछात्रालाई प्रि-डिप्लोमा तथा डिप्लोमा तहमा विशेष छात्रवृत्तिको सुविधा ल्याएको हो । सिटिइभिटीले एक सूचना जारी गर्दै प्रि-डिप्लोमा तहमा ८० जना र डिप्लोमा तहमा १२० जना…