काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नवीन समझदारीका लागि दबाब दिन आज काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ । उपत्यकाको विभिन्न स्थानबाट र्यालीसहित रत्नपार्कमा पुगेर प्रदर्शन जनसभामा परिणत भएको थियो । आफ्ना एजेन्डाहरू राजसंस्थाको पुनर्स्थापना र हिन्दु राष्ट्रको स्थापित गर्न र जनदबाब सिर्जना गर्नका लागि जनप्रदर्शन र वृहत् सभा कार्यक्रम आयोजना गरिएको राप्रपाले जनाएको छ। राप्रपाले…