काठमाडौं । न्युजिल्यान्डका तीव्र गतिका बलर स्कट कुगेलेइन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पनि सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्। सुदूरपश्चिमले कुगेलेइनलाई तेस्रो विदेशी खेलाडीका रूपमा टोलीमा अनुबन्ध गरेको हो। यसअघि टोलीले इंग्ल्यान्डका अलराउन्डर सेफ जैबलाई अनुबन्ध गरिसकेको छ। कुगेलेइनले एनपीएलको पहिलो संस्करणमा सुदूरपश्चिमबाट ९ खेल खेल्दै १७ विकेट लिएका थिए। उनी प्रतियोगितामा सर्वाधिक…