काठमाडौं । कर्णाली याक्सले शुभ कंसकारको स्थानमा शिवम तिवारीलाई परिवर्तन गरेको छ । आगामी नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणको लागि ब्याटर शुभ कंसकार कर्णाली याक्समा अनुबन्ध भएका थिए । तर, उनको हातको चोट लागेपछि शिवमलाई परिवर्तन गरिएको कर्णाली याक्सले जनाएको छ । शिवमले गत प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशबाट खेलेका थिए ।…