आईसीसी विश्वकप छनोट प्लेअफ नेपालमा आयोजना हुने

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले आगामी डिसेम्बरमा आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता काठमाडौँमा आयोजना गर्ने भएको छ। क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिअनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म सञ्चालन हुनेछ। प्रतियोगितामा कुल आठ टोलीको सहभागिता रहनेछ। जसमा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को तालिकामा पुछारमा रहने चार टोली…