बस्ती जाेगाउन खाेलाकाे पानी व्यवस्थापन गर्दै कालिका नगरपालिका

मुग्लिन । चितवनको कालिका नगरपालिकाले बस्ती डुबानबाट जोगाउनका लागि बुङखोलाको व्यवस्थापन गर्ने भएको छ । नगरपालिकाको ५ वटा वडाका बस्ती बर्सेनि डुबानमा पर्दै आएकाले वडा नं ७ मा पर्ने बुङखोलालाई थाङखोलामा मिसाउने गरी व्यवस्थापनको काम सुरु गरिएको हो । बुङखोलादेखि थाङखोलासम्म नहर निर्माण गर्ने कार्य भइरहेको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले जानकारी दिए। उनका अनुसार…