नेपाली वायु सेवामाथिको प्रतिबन्ध खुलाउन ईयूका राजदूतसँग पर्यटन मन्त्रीको आग्रह

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका छन् । शुक्रबार ईयूका राजदूत भेरोनिक लोरेन्जो सहित प्रतिनिधिमण्डलसँग मन्त्रालयमा भएको भेटमा मन्त्री पाण्डेले नेपाल र युरोपेली युनियनबीच निकै पहिलेदेखि कूटनीतिक सम्बन्ध रहेको स्मरण गर्दै नेपाल र ईयूबीच साझेदारी रहेको समेत उल्लेख गरे । ‘नेपाल र…