२५ लाख घुस लिएको आराेपमा एन्फाका महासचिव राईविरुद्ध अख्तियारमा उजुरी

काठमाडाैँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी परेको छ । आफूलाई फुटबल समर्थक बताउने सरिता परियारले अख्तियारमा एन्फा महासचिव राईले खेल पोशाक उत्पादन कम्पनी केटिएम सिटीसँग २५ लाख रुपैयाँ घुस लिएको दावीका साथ उजुरी गरेकी छन् । केटिएम सिटीका सिइओ निमा शेर्पा र अर्का कर्मचारी राजु…