लुम्बिनी । समर्थन र विरोधका बीच कालीगण्डकी–तिनाउ डाइभर्सन परियोजनाको चर्चा व्यापक छ । विपक्षी र समर्थक समूहबीचमा विवाद भएपछि परियोजनाको काम अघि बढ्न सकेको छैन । एकथरीले परियोजनालाई विकासमुखी बताइरहँदा अर्काथरीलाई इकोसिस्टममै असन्तुलनको चिन्ता छ । परियोजनाका समर्थकहरू जलविद्युत् उत्पादन, सिँचाइको व्यवस्था, आर्थिक विकास, रोजगारीका सम्भावना, पर्यटनमा वृद्धि, विदेशी सहयोगको पाटोबाट हेर्नुपर्ने बताउँछन् भने अर्काथरी…