समाचार प्रभाव : २२ दिनदेखि जंगलमा अलपत्र वृद्धकाे उद्धार

महाेत्तरी । परिवारकाे तिरस्कार सहन नसकेर २२ दिनदेखि अनकन्टार जंगलमा भाेकभाेकै बसिरहेका ८० वर्षीय वृद्धकाे उद्धार गरिएकाे छ । बलवा नगरपालिका वडा-११ रौजाका मोहम्मद एलाही शेख घरबाट निस्किएको २२ दिनसम्म मिथिला नगरपालिका-११ लालगढस्थित अजिंगरे डाँडाकाे जंगलमा बसिरहेकाे समाचार विकास टाइम्सले प्रकाशन गरेकाे थियाे । समाचार प्रकाशनपछि उनकाे परिवारका सदस्यहरू आएर उनलाई उद्धार गरी घर लगेका…