काठमाडौँ । सरकारले खानेपानी मन्त्रालयका लागि २८ अर्ब १६ करोड रुपैयाँ विनियोजन गरेको छ । सोमबार संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले खानेपानी मन्त्रालयको लागि २८ अर्ब १६ करोड रकम विनियोजन गरेको जानकारी दिए । चालु आर्थिक वर्षमा यो मन्त्रालयको बजेट २० अर्ब १० करोड ८३ लाख रुपैयाँ रहेकामा आगामी वर्षका लागि सरकारले ८…