भेडा गोठालाको जीवन जङ्गलमै बित्छ

काठमाडौ । अघिअघि भेडाका बथान पछिपछि गोठाला । खाली पैतला, पसिनाले लुथु्रक्क भिजेका मैलिएका कपडा । काँधमा किलादाम्ला बोकेका केही बूढापाका मान्छेहरू यतिबेला सोलेडाँडा, देउराली, बागलुङ र पूर्वीरुकुमको सिमाना आसपासमा दैनिकजसो भेटिन्छन् । उनीहरू भेडीगोठाला हुन् । जेठ महिना लाग्नासाथ बेँसीबाट लेक चढेका उनीहरू अब असोज लागेपछि मात्रै गाउँ झर्छन् । ती ठाउँमा केही काठले…