नेपालकै ठुलो कागज कारखाना भेन्टिलेटरमा राखिएको बिरामीजस्तै !

नवलपरासी । बर्दघाट–सुस्तापूर्वको गैँडाकोट–२ मा रहेको भृकुटी पल्प एन्ड पेपर नेपाल लिमिटेड बन्द भएपछि खण्डहर बन्दै गइरहेको छ । नेपाललाई कागजमा आत्मनिर्भर बनाउने उद्देश्यले ४ दशकअघि स्थापना गरिएको नेपालकै ठूलो कागज कारखानाको अवस्था अहिले  भेन्टिलेटरमा राखिएको बिरामीजस्तै भएको स्थानीय बताउँछन् । उद्योग बन्द भएपछि उद्योगको छानो तथा बारेका टिनका पाता खसेका छन्, पर्खाल भत्किएका छन्,…