विदेश बसाई त्यागेर गाँउमै कृषि कर्म, बोटबाटै सय रुपैयाँमा कागती बिक्री

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–५ कारिगाउँका धर्मराज पोखरेले गाउँमा कृषि कर्मबाट मनग्य आम्दानी गरिरहेका छन् । पोखरेल १२ वर्ष अगाडिसम्म विदेशमा थिए । २५ वर्ष भारत र २ वर्ष कतारमा पसिना बगाएका उनी १० वर्षदेखि व्यावसायिक कृषि कर्ममा लागेका हुन् । पोखरेल बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीमै काम गछन् । उनको बारीमा कागती, सुन्तला, टिमुर…