मध्य साउनमा खानेपानीको हाहाकार

महोत्तरी । मध्य साउनमा जताततै पानीको छेलोखेलो हुनपर्नेमा महोत्तरीमा भने खानेपानीकै हाहाकार पर्न थालेको छ । पानीका स्रोतका मुहान धमाधम सुक्दै गएपछि यहाँ खानेपानीको हाहाकार पर्दै गएको हो । “हाम्रो बस्तीका सबै चापाकल सुके, पानी आउने एउटै बाँकी छैनन्”, भङ्गाहा–४ रामनगरका ३० वर्षीय रामईश्वर ठाकुरले भने, “अब ३–४वटा इनारमा सबैको त्राण अडिएको छ, ३ सयभन्दा…